Kathmandu Press

काठमाडौंमा बालेनले ३१ सय मत पाउँदा स्थापितको १६ सय 

काठमाडौं, जेठ १ : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् । आइतबार अपराह्नसम्मको मतगणनाअनुसार बालेन  ३ हजार...
काठमाडौंमा बालेनले ३१ सय मत पाउँदा स्थापितको १६ सय 

काठमाडौं, जेठ १ : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् । 

आइतबार अपराह्नसम्मको मतगणनाअनुसार बालेन  ३ हजार ११० मतसहित अगाडि छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापित  १ हजार ६४५ मत पाएका छन् । 

गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंह भने तेस्रो स्थानमा छिन् । उनले १ हजार ६०२ मत पाएकी छन्।
  
 

प्रकाशित मिति: १५:३१ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्