शङ्खरापुरमा कांग्रेस र माओवादीका वडाध्यक्ष निर्वाचित
काठमाडाैं, जेठ १ : राजधानीको उत्तरपूर्वी भेगस्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ।मत परिणामअनुसार शङ्खरापुर नगरपालिका–१ मा नेकपा...
काठमाडाैं, जेठ १ : राजधानीको उत्तरपूर्वी भेगस्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ।
मत परिणामअनुसार शङ्खरापुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वेदनारायण ९बाबुराम० दङ्गाल र वडा नं ९ मा नेपाली कांग्रेसबाट सहदेव श्रेष्ठ निर्वाचित भएको छ। दंगाले ६७४ र श्रेष्ठले ७०५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
दङ्गालको निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६०६ मत प्राप्त गरेको निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिए। वडा सदस्यमा भने समाजवादीको समूह नै निर्वाचित भएको छ।
कांग्रेसको प्यानल विजयी
यसैगरी नगरपालिका–९ मा भने वडाध्यक्षसहित सबै सदस्य पदमा कांग्रेसको प्यानल विजयी भएको छ। वडाध्यक्षमा कांग्रेसका सहदेव श्रेष्ठले ७०५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भाइकाजी श्रेष्ठले ४३३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नगर प्रमुखमा भने एक हजार २४८ मतका साथ एमालेका कृष्णलाल बजगाइँले अग्रता कायम गर्नुभएको छ। उनलाई पच्छ्याउँदै नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले एक हजार १९१ मत पाउनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापितले एक हजार ८९ मत पाएको छ। नगरपालिकामा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन गरेका छन्।
उपप्रमुखमा नेपाली कांग्रेसकी समिता श्रेष्ठले एक हजार ५९४ मत पाएको छ। उनकी प्रतिष्पर्धी एमालेकी लक्ष्मी केसीले ९५७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
हाल वडा २ र ८ को मतगणना भइरहेको जनाइएको छ।











