Kathmandu Press

नेपालगञ्जमा कांग्रेसकै अग्रता, उपमेयरमा जसपा अगाडि

नेपालगञ्जमा कांग्रेसकै अग्रता, उपमेयरमा जसपा अगाडि

बाँके, जेठ १ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेस–जसपा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले दुई हजार १४० मतले अग्रता कायम गरेका छन्। राप्रपाका नन्दलाल बैश्यले एक हजार ३३ र नेकपा एमालेका पशुपतिदयाल मिश्रले ९६८ मत पाएका छन्। 

उपप्रमुखमा जसपाका कमरुद्दिन राईले  एक हजार ४४२, राप्रपाकी विन्दु चर्तीमगरले  एक हजार ८४ र नेकपा एमालेकी शान्तिदेवी ढकालले ८८४ मत प्राप्त गरेका छन् । वडा नं २२ र २३ को मतगणना सकिएको छ । अहिले १, २, २० र २१ को मतगणना चलिरहेको छ। 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपालगञ्जमा रहेका ८१ हजार ७९४ मतदातामध्ये ६१ हजार २०५ मत खसेको थियो। 

मतगणना ढिलो भएको गुनासो आएपछि अहिले चार स्थानमा मतगणना  सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिए। 

प्रकाशित मिति: १४:४६ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्