दोब्बर मतान्तरले बालेनको अग्रता, केशव स्थापित र सिर्जनाबीच टक्कर
दिउँसो २ बजेसम्मको मतपरिणामअनुसार बालेनले २ हजार ८२० मत पाएका छन् ।
काठमाडौं, जेठ १ : काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले करिब दोब्बर मतान्तरसहित अग्रता लिएका छन्।
आइतबार दिउँसो २ बजेसम्मको मतपरिणामअनुसार बालेनले २ हजार ८२० मत पाएका छन् ।
एमाले उम्मेदवार केशव स्थापितले १ हजार ५०७ पाएका छन् भने गठबन्धनकी सिर्जना सिंहले १ हजार ४४९ मत प्राप्त गरेकी छन्।
शनिबार सुरु गरिएको मत गणनामा हाल वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ।
प्रकाशित मिति: १४:३२ बजे, आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











