नीलकण्ठमा भीम ढुंगानाको अग्रता, उपमेयरमा दीपक विश्वकर्मा अगाडि

काठमाडौं, जेठ १ : धादिङको नीलकण्ठ नगरपालिकामा गठबन्धनबाट कांग्रेसका मेयर उम्मेदवार भीम ढुंगानाले अग्रता लिएका छन्। आइतबार मध्याह्नसम्मको नतिजाअनुसार ढुंगानाले ८६३ मत प्राप्त गर्दै अग्रता लिएका छन्।
यहाँ एमालेकी गंगादेवी श्रेष्ठले ४३८ मत ल्याएकी छन्।
उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार दीपक विश्वकर्माले अग्रता लिएका छन् । विश्वकर्माले ८९८ मत पाउँदा एमालेका फन्द्रा तामाङले ६३५ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार कल्पना अधिकारीले ३६५ मत ल्याएकी छन्।
प्रकाशित मिति: १३:११ बजे, आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











