काठमाडौंमा बालेनले २६ सय मत पाउँदा स्थापितको १४ सय
बालेन २ हजार ६०१ मतसहित अगाडि छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापित १ हजार ४१५ मत पाएका छन् ।
काठमाडौं, जेठ १ : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् ।
आइतबार मध्याह्नसम्मको मतगणनाअनुसार बालेन २ हजार ६०१ मतसहित अगाडि छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापित १ हजार ४१५ मत पाएका छन् । गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंह भने तेस्रो स्थानमा छिन् । उनले १ हजार ३५९ मत पाएकी छन्।
उपमेयरतर्फ नेकपा एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरले अगाडि छिन्। उनले १ हजार ७४३ मत ल्याएकी छन् । गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६ मत पाएका छन् भने राप्रपाकी बिनिता मगैयाले ४१३ मत ल्याएकी छन्।
प्रकाशित मिति: १२:५१ बजे, आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











