सुनसरीको रामधुनीमा एमालेको अग्रता कायमै
सुनसरी, जेठ १ : सुनसरीको रामधुनी नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ।३,१३० मत गनिसक्दा एमालेका उम्मेदवार शंकरलाल चौधरीले ५७२ मतको अग्रता लिएका...
सुनसरी, जेठ १ : सुनसरीको रामधुनी नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ।
३,१३० मत गनिसक्दा एमालेका उम्मेदवार शंकरलाल चौधरीले ५७२ मतको अग्रता लिएका छन्।
चौधरीले १,६०५ मत प्राप्त गरेका छन् भने कांग्रेसका सुदीप अधिकारीले १,०३३ मत ल्याएका छन्।
यस्तै उपमेयरमा एमालेकी तारा थापाले १,३८२ मत ल्याउँदा कांग्रेसकी आशाकुमारी चौधरीले १,०२७ मत प्राप्त गरेकी छन्।
रामधुनीमा अहिले १, २ र ३ नम्बर वडाको मत गणना जारी छ।
प्रकाशित मिति: १२:२३ बजे, आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











