Kathmandu Press

ललितपुरमा चिरिबाबु दोब्बर मतान्तरले अगाडि, उपप्रमुखमा एमालेको अग्रता 

महर्जनले ८७७ मत पाउँदा व्यञ्जनकारले ४०२ मत ल्याएका छन्। 
ललितपुरमा चिरिबाबु दोब्बर मतान्तरले अगाडि, उपप्रमुखमा एमालेको अग्रता 

काठमाडौं, जेठ १ : ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनका साझा उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायम गरेका छन्। 

उनले एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई करिब दोब्बर मतान्तरले पछि पारेका छन् । महर्जनले ८७७ मत पाउँदा व्यञ्जनकारले ४०२ मत ल्याएका छन्। 

उपप्रमुखमा एमालेका शाक्यले ४४४ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १८१ मत पाएका छन्। महानगरपालिकामा २९ वडा रहेका छन्। 

प्रकाशित मिति: ११:४७ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्