Kathmandu Press

घोराहीमा गठबन्धनको अग्रता कायमै, लमहीमा  कांग्रेस अगाडि

घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्माले अग्रता बढाएका छन्
घोराहीमा गठबन्धनको अग्रता कायमै, लमहीमा  कांग्रेस अगाडि

दाङ, जेठ १ : घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्माले अग्रता बढाएका छन्। 

उनले दुई हजार ८८४ मत प्राप्त गरेका छन् ।  नेकपा (एमाले)का नरुलाला चौधरीले भने दुई हजार ५३४ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रमुख पदमा करिब ३०० मतान्तर भए पनि उपप्रमुखमा धेरै  रहेको छ । गठबन्धनबाट उपप्रमुख पदमा  उम्मेदवार बनेका नेपाली कांग्रेसका भुपबहादुर डाँगीले  तीन हजार १०० मत प्राप्त गरेका छन्। 

एमालेका हुमा डिसीले दुई हजार ५३४ मत प्राप्त गरेकी छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिले घोराही उपमहानगरपालिकाको वडा नं १४, १५, १६, १७, १८ र १९ को मतगणना जारी  छ । घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकोमा ७६हजार ५२९  अर्थात्  ६७।७६ प्रतिशत मत खसेका थियो।  

त्यसैगरी लमही नगरपालिकामा कांगे्रसले अग्रता लिएको छ। सो नगरपालिकाको नगरप्रमुखमा  कांग्रेसका उम्मेदवार जोगराज चौधरीले एक हजार ३३३, एमालेका उम्मेदवार ढुण्डिराम चौधरीले एक हजार ११ र माओवादीका वसन्तराज शर्माले एक हजार ४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय लमहीले जनाएको छ। 

त्यस्तै उपप्रमुखमा कांग्रेसकी उम्मेदवार  लक्ष्मी योगी, एक हजार ३६२, एमालेका सुनिता शर्माले एकहजार ४३ र माओवादीका गङ्गा पाण्डेले ७९४ मत प्राप्त गरेकी छन्। गढवा गाउँपालिकामा भने माओवादीका उम्मेदवारले अध्यक्षमा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। 

निर्वाचन अधिकृतको कार्यालय अनुसार माओवादीका उम्मेदवार यमनारायण पोख्रेलले ९१०, कांग्रेसका सर्वजीत डिसीले ९०० र एमालेका सहजराम यादवले ७७० मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा कांग्रेसकी शारदा चौधरीले ८७५, एकीकृत समाजवादीका शान्ती चौधरीले ४९१ र  एमालेका सीता चौधरीले ४९१ मत  प्राप्त गरेका छन्। 

प्रकाशित मिति: ११:२७ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्