Kathmandu Press

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

धनुषा, जेठ १ : जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम राखेका छन्। उनले ८६९ मतका साथ अग्रता कायम राखेका छन् भने एमालेका...
जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

धनुषा, जेठ १ : जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम राखेका छन्। 

उनले ८६९ मतका साथ अग्रता कायम राखेका छन् भने एमालेका उम्मेदवार शिवशङ्कर साह ले ४६१ मत प्राप्त गरेका छन्। 

यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले २४४ मत, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले १६४ तथा जसपाका लालकिशोर साहले १४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। 

प्रकाशित मिति: १०:५७ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्