Kathmandu Press

बारामा कांग्रेस ३, एमाले २ र जसपा १ वडाध्यक्षमा विजयी

बारा, जेठ १ : निजगढ नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएका छन्।कांग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई  वडाध्यक्ष पदमा...
बारामा कांग्रेस ३, एमाले २ र जसपा १ वडाध्यक्षमा विजयी

बारा, जेठ १ : निजगढ नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएका छन्।

कांग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई  वडाध्यक्ष पदमा विजयी भएका । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उहाँ सोही पदमा निर्वाचित भएका थिए। 
  
यसैगरी जितपुरसिमराको वडा नम्बर १ र २४ मा पनि कांग्रेसका उम्मेदवार विजय भएका भने वडा नं २३ मा नेकपा (एमाले) र प्रसौनी गाँउपालिकाको वडा नम्बर १ मा पनि एमाले कै वडाध्यक्ष निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए।

त्यसैगरी करैयामाई गाउँपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले प्यानलसहित जित हासिल गरेका छन्।  

प्रकाशित मिति: १०:३६ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्