वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता
वीरगञ्ज, जेठ १ : पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिएका छन्।उनका...
वीरगञ्ज, जेठ १ : पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिएका छन्।
उनका निकटतम प्रतिष्पर्धामा नेकपा (एमाले) का विजयकुमार सरावगीले ६५९ मत प्राप्त गरेका छन्। अहिले वडा नंं १, २, ३१ र ३२को मतगणना जारी छ।
हालसम्म कूल तीन हजार ६७ मत मतगणना भएको छ। मतगणनामा ढिलाइ भइरकाले अन्तिम नतिजा आउन समय लाग्ने बताइएको छ।
मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकासहित अन्य तीन नगरपालिका र १० गाउँपालिका छन्। जिल्लाका अन्य पालिकामा पनि मतगणना जारी छ।
प्रकाशित मिति: ०९:१० बजे, आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











