Kathmandu Press

काठमाडौंमा बालेन झण्डै ८ सय मतले अगाडि

काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन्।
काठमाडौंमा बालेन झण्डै ८ सय मतले अगाडि

काठमाडौं, जेठ १ : काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन्।

आइतबार बिहान साढे ८ बजेसम्म भएको मतगणनामा साहले एक हजार ८९० मत पाएका छन्। त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले एक हजार ९७ मत पाएका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छिन्। उनले ९४९ मत पाएकी छन्।

उपमेयरमा एमालेकी सुनीता डंगोलले एक हजार ८५२ मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी राप्रपाकी विनिता मगैयाले ६४४ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत पाएका छन् ।

प्रकाशित मिति: ०८:४६ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्