विराटनगरमा कांग्रेसका कोइराला नौ सय मतले अगाडि

विराटनगर, जेठ १ : विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला नौ सयभन्दा बढी मतले अगाडि रहेका छन्।
आइतबार बिहान साढे ८ बजेसम्मको मतगणनाअनुसार, कांग्रेसका कोइरालाले दुई हजार ५८३ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार सागर थापाले एक हजार ६१५ मत पाएका छन्।
त्यस्तै, उपमेयरमा एमालेका उम्मेदवार शिल्पा कार्कीले अग्रता लिएकी छन्। उनले ८५३ मत पाएकी छन् भने जसपाका उम्मेदवार अमरेन्द्र यादवले ६७५ मत पाएका छन्।
प्रकाशित मिति: ०८:३२ बजे, आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











