Kathmandu Press

ललितपुरमा चिरिबाबु महर्जन दोब्बर मतले अगाडि

काठमाडौं, जेठ १ : ललितपुर महानगरपमालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि छन्।आइतबार बिहानसम्मको मतपरिणामअनुसार एक हजार चार सय मत गणना...
ललितपुरमा चिरिबाबु महर्जन दोब्बर मतले अगाडि

काठमाडौं, जेठ १ : ललितपुर महानगरपमालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि छन्।

आइतबार बिहानसम्मको मतपरिणामअनुसार एक हजार चार सय मत गणना भएको छ। कांग्रेसका महर्जनले ७०६ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाएका छन्।

त्यस्तै, महालक्ष्मी नगरपालिकामा एक हजार ७६ मत गणना हुँदा माओवादीको अग्रता कायम छ। मेयरमा माओवादीका शिव कट्टेलले ३१६ मत र  एमालेका हरिगोविन्द श्रेष्ठले ३६९ मत पाएका छन्।

उपमेयरमा एमालेकी वीना सुवेदी केसीले ४२२ मत र कांग्रेसकी लक्ष्मी महर्जनले ३३८ मत पाएकी छन्।

महालक्ष्मी–१ को वडाध्यक्षमा एमालेका छिरिङ लामाले ३५३, माओवादीका अभिषेक केसीले २२६ र कांग्रेसका मधुसुदन केसीले २१२ मत पाएका छन्।
 

प्रकाशित मिति: ०८:१२ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्