हुम्लाको खार्पुनाथमा कांग्रेस उम्मेदवार विजयी
हुम्ला, जेठ १ : हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन्।आज बिहान सम्पन्न मतगणनाअनुसार, रावलले एक हजार ८१० मत...
हुम्ला, जेठ १ : हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन्।
आज बिहान सम्पन्न मतगणनाअनुसार, रावलले एक हजार ८१० मत पाएका छन्। त्यस्तै, उनका प्रतिस्पर्धी नेकपा (एमाले) का प्रकाशबहादुर शाहीले एक हजार १९५ मत पाएका छन्।
उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का ज्ञानबहादुर सिंह विजयी भएका छन्। उनले एक हजार ८७२ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत पाएका छन्।
प्रकाशित मिति: ०७:५१ बजे, आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











