पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
पोखरा, जेठ १ : पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायम राखेको छ।आइतबार बिहानसम्म जारी मतगणनामा भएको एक हजार १०० मतको...
पोखरा, जेठ १ : पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायम राखेको छ।
आइतबार बिहानसम्म जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाएका छन् भने नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापाले ३८३ मत पाएका छन्।
त्यस्तै, उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५०४ मत प्राप्त गरेकी छन् भने भने एमालेकी मञ्जुदेवी गुरुङले ४०४ मत प्राप्त गरेकी छन्।
प्रकाशित मिति: ०७:२५ बजे, आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











