Kathmandu Press

काठमाडौंमा फराकिलो अग्रता बनाउँदै बालेन

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन्।
काठमाडौंमा फराकिलो अग्रता बनाउँदै बालेन

काठमाडौं, जेठ १ : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन्।

आइतबार बिहान साढे ६ बजेसम्म चार हजार ४४४ मत गणना भएको छ। जसमा स्वतन्त्र उम्मेदवार साहले एक हजार ५७५ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा (एमाले) का केशव स्थपितले ९८५ पाएका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ८२५ मत पाएकी छन्।

राप्रपाका मदनदास श्रेष्ठ चौथो नम्बरमा छन्। उनले १९१ मत पाएका छन्। अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ। शनिबार बिहान १० बजेदेखि मतगणना शुरु भएको थियो।

प्रकाशित मिति: ०६:५८ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्