Kathmandu Press

भरतपुर महानगरमा रेणु दाहालले बढाइन् अग्रता

भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेदवार रेणु दाहालले अग्रता बढाएकी छन्।
भरतपुर महानगरमा रेणु दाहालले बढाइन् अग्रता

चितवन, जेठ १: भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेदवार रेणु दाहालले अग्रता बढाएकी छन्।

आइतबार बिहान साढे ६ बजेसम्म दुई हजार ५८१ मत गणना हुँदा दाहालले ९८० मत पाएकी छन्। त्यस्तै, नेकपा (एमाले)का विजय सुवेदीले ८७१ मत पाएका छन्।

मेयरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन्। उनले एक हजार ५९ मत पाएका छन्।

त्यस्तै, राप्रपाकी हिमला गुरुङले ७२८ मत पाएकी छन्। उनलाई एमालेको समर्थन छ।

प्रकाशित मिति: ०६:३७ बजे, आइतबार, जेठ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्