Kathmandu Press

ललितपुर महानगरमा चिरीबाबु महर्जनको अग्रता

ललितपुर, बैशाख ३१ : ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ। वडा नं १ मा गणना भइरहँदा...
ललितपुर महानगरमा चिरीबाबु महर्जनको अग्रता

ललितपुर, बैशाख ३१ : ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ। वडा नं १ मा गणना भइरहँदा महर्जनले २०५ र प्रमु्खमा नेकपा(एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत ल्याएका छन। नेकपा (एमाले)की मञ्जली शाक्यले १४४ मत र नेकपा (माओवादी केन्द)का बाबुराजा बज्राचार्यले ५६ मत ल्याएका छन।

ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत प्रमुखको उम्मेदवार रहेका छन। उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य (आस्था), माओवादी केन्द्रबाट बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगायले उम्मेदवार छन।

प्रकाशित मिति: २०:०२ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्