Kathmandu Press

सार्क क्षेत्रको विकासमा अन्तरदेशीय सडक र रेल मुख्य प्राथमिकताः अर्थमन्त्री 

काठमाडौं, कात्तिक ६ : अर्थमन्त्री डा. युवराज खतिवडा सार्कको व्यापार सहजीकरणका लागि अन्तरदेशीय सडक, रेललगायत हवाई सञ्जालको पर्याप्त विकास हुनु पर्....

 सार्क क्षेत्रको विकासमा अन्तरदेशीय सडक र रेल मुख्य प्राथमिकताः अर्थमन्त्री 
फाइल

काठमाडौं, कात्तिक ६ : अर्थमन्त्री डा. युवराज खतिवडा सार्कको व्यापार सहजीकरणका लागि अन्तरदेशीय सडक, रेललगायत हवाई सञ्जालको पर्याप्त विकास हुनु पर्नेमा जोड दिएका छन्।

अर्थमन्त्री खतिवडाले भावी आर्थिक एकीकरणको कार्यदिशा व्यापार सहजीकरण नै भएको स्पष्ट पार्दै यस क्षेत्रको निरन्तर आर्थिक वृद्धिका लागि पनि सञ्जाल विस्तारको विकल्प नभएको बताएका हुन् । 

संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डि.सी.मा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्डस अफ गभर्नरहरुको वार्षिक बैठकमा अर्थमन्त्री खतिवडाले विश्व व्यापार तथा लगानीमा देखिएको घट्दो क्रम, खास गरी व्यापारमा संरक्षणवाद तथा भू–राजनीतिक तनावहरुको विषय समाधानमा जोड दिएका हुन्। 

अर्थमन्त्री खतिवडाले ब्रेक्जिट, कमजोर बजार संवेदनशिलताहरु र जलवायु परिवर्तन जस्ता कारणहरूबाट विश्वमा देखिएको चिन्ता एवं अनिश्चितताको विषयमा छलफल भएको समेत जानकारी दिए।

अर्थमन्त्री खतिवडाले विश्व बैंक एडिबी जस्ता अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोगबाट अन्तरदेशीय सडक सञ्जालको विकासका लागि पूर्वाधारहरुको विकास गर्न मद्दत पुग्ने बताए।

दक्षिण एसिया क्षेत्रमा सडकको अतिरिक्त हवाई सेवाको सञ्जाल विकास गरी अन्तर आवद्धता बढाउनु जरुरी रहेको बताउँदै उनले यसबाट पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने, जसले आर्थिक वृद्धिमा परिपुरक भूमिका खेल्ने बताए। 

नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अवस्थाबारे जानकारी गराउँदै उनले छोटो समयमा नै आर्थिक वृद्धि , रोजगारी सृजना, समावेशी विकास र आयको वितरण जस्ता पक्षमा सकारात्मक सहयोग पुगेको बताए। 

प्रकाशित मिति: १६:३१ बजे, बुधबार, कात्तिक ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्