Kathmandu Press

भरतपुर महानगर अपडेट : रेणु दाहालले लिइन् अग्रता

रेणु दाहालले १३३ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले १२७ मत ल्याएर दोस्रो स्थानमा छन्।
भरतपुर महानगर अपडेट : रेणु दाहालले लिइन् अग्रता

चितवन, वैशाख ३१ : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।

भरतपुर–१ बाट मतगणना थालिएको केही समयमा प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदा दाहाल दोस्रो नम्बरमा थिइन् भने अहिले उनले अग्रता लिएकी छन्।

सोही वडाका मत गणना जारी रहँदा दाहालले १३३ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले १२७ मत ल्याएर दोस्रो स्थानमा छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन्।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १६२ र राप्रपाकी हिमला गुरुङले ९१ मत पाएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १८:५१ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्