विराटनगर महानगर प्रमुख पदमा कोइरालाको अग्रता

विराटनगर, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको आज बिहानदेखि सुरु गरिएको छ।
वडाको मतगणनाको नतिजा सार्वजनिक गरिएको छ। साँझ ५ बजेसम्म गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले महानगर प्रमुख पदमा अग्रता लिएकाे छ।
मुख्य निर्वाचन कार्यालय, मतगणना स्थल आदर्श विद्यालयबाट जारी गरिएको सूचनामा एक हजार ८२ मत मतगणना गर्दा कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले ४१९, नेकपा ९एमाले०का सागर थापाले २९६, राप्रपाका प्रल्हादप्रसाद साहले ७५ र स्वतन्त्र उम्मेदवार (लाल्टिन) का उमेश यादवले १११ मत प्राप्त गरेका छन्।
यसैगरी उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्कीले ३४५, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का अमरेन्द्र यादवले १९८, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ९२, स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल (लाल्टिन) ले ६१ मत प्राप्त गरेका छन्।
कार्यालयले अर्को मतगणनाको सार्वजनिक सूचना साँझ ७ बजे गर्ने जनाएको छ।











