नेपालगन्ज-२३ मा कांग्रेस विजयी

बाँके, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ।
वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार जब्बर अली बेहना विजयी भएका हुन्। बेहनाले जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद हुसेन शेषलाई पराजित गरेका हुन्।
यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष शेषलाई बेहनाले २३२ मतका साथ पराजित गरेका। शेषले १९४ मत पाएका छन्।
प्रकाशित मिति: १८:१३ बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











