Kathmandu Press

काठमाडौं महानगर अपडेट :  बालेनको मत केशव स्थापितको भन्दा दोब्बर 

बालेनले एमाले उम्मेदवार केशव स्थापितको भन्दा दोब्बर मत प्राप्त गरेका छन् । बालेनले  ४८० मत पाउँदा स्थापितले २ सय मतमात्रै प्राप्त गरेका छन्। 
काठमाडौं महानगर अपडेट :  बालेनको मत केशव स्थापितको भन्दा दोब्बर 

काठमाडौं, वैशाख ३१ : काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)ले राजनीतिक दलका उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पारेका छन् । 

सुरुवातदेखि नै अग्रता कायम गरेका बालेनले अपराह्नसम्म कांग्रेस र नेकपा एमालेका उम्मेदवारसँग फराकिलो मतान्तर कायम गरेका छन् । शनिबार अपराह्नसम्म बालेनले ४८० मत प्राप्त गर्दा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८० मत मात्रै प्राप्त गरेकी छन्। 

अग्रता कायम गर्दै आइरहेका बालेनले एमाले उम्मेदवार केशव स्थापितको भन्दा दोब्बर मत प्राप्त गरेका छन् । बालेनले  ४८० मत पाउँदा स्थापितले २ सय मतमात्रै प्राप्त गरेका छन्। 

मतगणनास्थल राष्ट्रिय सभागृह परिसरमा  बालेनका समर्थकले शनिबार दिउँसोदेखि लगातार उनको पक्षमा नाराबाजी गरिरहेका छन्। 


 

प्रकाशित मिति: १७:३५ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्