पोखरा महानगरको मतगणना सुरु
पाेखरा, वैशाख ३१ : स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा आज (शनिबार) दिउँसो सवा ४ बजेदेखि मतगणना सुरु भएको छ।यसअघि बिहान बसेको सर्वदलीय बैठकले दिउँसो...
पाेखरा, वैशाख ३१ : स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा आज (शनिबार) दिउँसो सवा ४ बजेदेखि मतगणना सुरु भएको छ।
यसअघि बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी गणना सुरु भएको हाे।
पोखरा-१२ बाट अहिले गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए। अहिले नगर विकास समितिको हलमा गणना भइरहेको छ।
पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेकाेमा १ लाख ४३ हजार २२८ मत खसेको थियो।
पोखरा महानगरको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट कृष्ण थापाबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ।
प्रकाशित मिति: १७:०७ बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











