Kathmandu Press

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस (बिपी) विजयी

डडेलधुरा, वैशाख ३१ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे वडामा बिपी कांग्रेसका उम्मेदवार नरेश भण्डारी विजयी भएका छन्।डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा नेपाली...
प्रधानमन्त्री देउवाको वडामा कांग्रेस (बिपी) विजयी

डडेलधुरा, वैशाख ३१ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे वडामा बिपी कांग्रेसका उम्मेदवार नरेश भण्डारी विजयी भएका छन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्कीलाई हराउँदै कांग्रेस बिपीका भण्डारी वडाध्यक्षमा विजयी भएका हुन्।

भण्डारीले ६७३ मत प्राप्त गर्दा कार्कीले ५४४ मत ल्याए। भण्डारी करुवा चुनाव चिन्ह लिएर चुनाव लडेका थिए। 

डडेल्धुरामा बिपी (कांग्रेस) र एमालेबीच चुनावी तालमेल रहेको छ।

प्रकाशित मिति: १६:४८ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्