Kathmandu Press

घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता

दाङ, वैशाख ३१ : घोराही उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हेमराज शर्माले सुरुआती अग्रता लिएका छन्। घोराहीमा ३१७ मतगणना हुँदा शर्माले १७२...
घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता

दाङ, वैशाख ३१ : घोराही उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हेमराज शर्माले सुरुआती अग्रता लिएका छन्। 

घोराहीमा ३१७ मतगणना हुँदा शर्माले १७२ मत प्राप्त गर्नुभएको छ। एमालेबाट प्रमुख पदमा उम्मेदवार नरुलाल चौधरीले १४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

त्यस्तै उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका भुपबहादुर डाँगीले १८० मत र नेकपा९एमाले०का उम्मेदवार हुमा डिसीले १४० मत प्राप्त गरेका छन्।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१४, १८ र १९ को मतगणना भइरहेको छ।

घोराही उपमहानगरपालिकामा कुल १ लाख १२ हजार ९ सय २७ मतदाता रहेकाेमा ७६ हजार ५२९ अर्थात्  ६७.७६ प्रतिशत मत खसेको थियो। 


 

प्रकाशित मिति: १६:३४ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्