Kathmandu Press

नेविसंघले नेतृत्व पाउने, अध्यक्षमा ढुंगाना निश्चित

काठमाडौं, कात्तिक ६ :  नेपाली कांग्रेसले लामो समयदेखि रित्त रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन गर्ने गरी नयाँ समिति बनाउने भएको छ।....

नेविसंघले नेतृत्व पाउने, अध्यक्षमा ढुंगाना निश्चित
फाइल

काठमाडौं, कात्तिक ६ :  नेपाली कांग्रेसले लामो समयदेखि रित्त रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन गर्ने गरी नयाँ समिति बनाउने भएको छ।

बिहीबार दिउँसो बस्ने केन्द्रिय समिति बैठकमा छलफल गरेर भोलि नै नयाँ कार्यसमिति गठन गर्ने तयारी छ। संघको अध्यक्षमा राजिव ढुंगानालाई बनाउने लगभग निश्चित भएपनि तीन महामन्त्री को–को बनाउने भन्ने टुंगो लागि सकेको छैन। ढुंगानाले लामो समयदेखि नेविसंघको विभिन्न तहमा बसेर काम गरेका छन्।

स्रोतका अनुसार बिहीबारको केन्द्रिय समितिमा छलफल गरेर एक वर्षभित्र महाधिवेशन गर्ने गरी पदाधिकारीसहितको नयाँ समिति गठन गरिने छ।  अध्यक्षमा ढुंगानाको नाममा सहमति भैसकेको छ। तीन महामन्त्री र अन्य पदाधिकारी तथा सदस्यहरु भने अझै टुंगो लागेको छैन।

अध्यक्ष र तीन महामन्त्रीको नाम घोषणा गरेर तिहार लगत्तै अन्य पदाधिकारी र सदस्यहरु थप्ने तयारी छ। तीन महामन्त्रीमा संस्थापन पक्षबाट एक, पौडेल पक्षबाट एक र एक सिटौला पक्षबाटको सिफारिसमा बनाउने अनौपचारिक सहमति भएको छ। तर तीनै पक्षले कसलाई महामन्त्रीमा सिफारिस गर्ने भन्ने तय गरिसकेका छैनन्।

प्रकाशित मिति: १६:०० बजे, बुधबार, कात्तिक ६, २०७६