Kathmandu Press

काठमाडौंमा ५८ मतान्तरले बालेनकाे अग्रता, ५२९ मत गन्दा सिर्जनाकाे १२० 

लेनले  १७९ मत पाएका छन् भने सिर्जना सिंहले १२० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले भने ११० मत ल्याएका छन्।
काठमाडौंमा ५८ मतान्तरले बालेनकाे अग्रता, ५२९ मत गन्दा सिर्जनाकाे १२० 

काठमाडौं, वैशाख ३१ : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले राजनीतिक दलका उम्मेदवारहरुसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन्।

सुरुवातबाटै अग्रता लिइरहेका बालेनले ५२९ मत गन्दा दोस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई ५८ मतले पछि पारेका छन्।

पछिल्लो विवरणअनुसार बालेनले  १७९ मत पाएका छन् भने सिर्जना सिंहले १२० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले भने ११० मत ल्याएका छन्।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३० मत पाएका  छन् भने राप्रपाका मदनदास श्रेष्ठले २३ मत ल्याएका छन्। 

 

प्रकाशित मिति: १५:५१ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्