Kathmandu Press

एक मत बढी ल्याएर जसपाका उदयराज गडेरिया वडाध्यक्षमा विजयी

बुटवल , वैशाख ३१ : रूपन्देहीको शुद्धोधन गाउँपालिका-१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उदयराज गडेरिया (बाबुराम पाल) एक मत बढी ल्याएर...
एक मत बढी ल्याएर जसपाका उदयराज गडेरिया वडाध्यक्षमा विजयी

बुटवल , वैशाख ३१ : रूपन्देहीको शुद्धोधन गाउँपालिका-१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उदयराज गडेरिया (बाबुराम पाल) एक मत बढी ल्याएर विजयी भएका छन्।

गडेरिया ९९२ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर यादवले ९९१ मत पाए। एमालेका उम्मेदवार कृष्णबहादुर गौतम क्षेत्रीले २१२ मत प्राप्त गरेका छन्।

केही पालिकामा जसपाले अग्रता लिए पनि रूपन्देहीको शुद्धोधनमा वडाध्यक्ष जितेर खाता खोलेको हो।

प्रकाशित मिति: १५:५१ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्