डोल्पाको जगदुल्लाबाट माओवादीले खाेल्याे खाता, अध्यक्षमा नारासिंह रोकाय विजयी
काठमाडौं, वैशाख ३१ : माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिकाबाट विजयको खोलेको छ। उक्त गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारासिंह रोकाय ७७० मतका साथ विजयी...
काठमाडौं, वैशाख ३१ : माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिकाबाट विजयको खोलेको छ।
उक्त गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारासिंह रोकाय ७७० मतका साथ विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन्।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छन्। उनले ७५९ मत ल्याइन् भने प्रतिद्वन्द्वी एमालेकी चन्द्रावती थापाले ७४९ मत पाएकी छन्।
६ वटा वडा रहेको पालिकामा २ वटामा माओवादी केन्द्र, तीनवटामा एमाले र एउटामा कांग्रेस विजयी भएको छ।
वडा १ मा एमालेका शेरबहादुर लामा १११ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रकाश रोकायले ६६ मत ल्याएका छन्।
वडा २ मा कांग्रेसका भानुभक्त बुढाथोकी १३० मत ल्याएर विजयी भए। माओवादी केन्द्रका विमल बुढाथोकीले ६१ मत ल्याए।
वडा ३ मा २ मताको अन्तरले मात्र हारजित भएको छ। त्यहाँ एमालेका भक्तबहादुर बोहोराले १३४ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका लालबहादुर बोहोराले १३२ मत पाए।
वडा ४ मा माओवादी केन्द्रका भीमप्रसाद बोहोरा २३३ मत ल्याएर विजयी भए। वडा ५ मा पनि माओवादी केन्द्रकै भीमबहादुर बोहोरा १५२ मत ल्याएर विजयी भए। वडानम्बर ६ मा एमालेका कालीबहादुर बुढा १५९ मत ल्याएर अध्यक्षमा विजयी भए।











