हेटौंडाको मेयरमा एमालेको अग्रता, उपमेयरमा कांग्रेस अगाडि
काठमाडौं, वैशाख ३१ : मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले प्रारम्भिक अग्रता कायम गरेको छ। शनिबार २०० मत गनेर सकिँदा मेयरतर्फ एमाले उम्मेदवार अनन्त पौडेलले ७१...
काठमाडौं, वैशाख ३१ : मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले प्रारम्भिक अग्रता कायम गरेको छ।
शनिबार २०० मत गनेर सकिँदा मेयरतर्फ एमाले उम्मेदवार अनन्त पौडेलले ७१ मत प्राप्त गरेका छन्। गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले ६५ मत पाएकी छन् । त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले ४२ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका राजेश बानियाँले ८८ मत प्राप्त गरेका छन्। त्यस्तै एमालेकी सुमित्रा काफ्लेले ८२ र राप्रपाकी इन्दिरा न्यौपनाले १२ मत प्राप्त गरेकी छन्।
प्रकाशित मिति: १५:१४ बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











