Kathmandu Press

ललितपुर महानगरमा कांग्रेसकाे सुरूवाती अग्रता

काठमाडौं, वैशाख ३१ : ललितपुर महानगरमा पनि स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ।प्रारम्भिक मत परिणामअनुसार गठबन्धनका तर्फबाट मेयर उम्मेदवार बनेका कांग्रेस नेता चिरिबाबु...
ललितपुर महानगरमा कांग्रेसकाे सुरूवाती अग्रता

काठमाडौं, वैशाख ३१ : ललितपुर महानगरमा पनि स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ।

प्रारम्भिक मत परिणामअनुसार गठबन्धनका तर्फबाट मेयर उम्मेदवार बनेका कांग्रेस नेता चिरिबाबु महर्जनले अग्रता लिएका छन्। ५० मत गन्दा उनी २८ मतसहित अग्रस्थान छन्।

एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन्। महर्जन ललितपुरका निवर्तमान मेयर पनि हुन्।

ललित पुर महानगरमा कांग्रेसलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ छ। एमाले भने एक्लै प्रतिस्पर्धामा छ।

प्रकाशित मिति: १५:१२ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्