ढोरपाटनमा मतगणनाबारे विवाद हुँदा झडप, २ जना घाइते
बागलुङ, वैशाख ३१ : बागलुङको ढोरपाटन नगरपालिकामा मतगणना स्थलमासत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।मतगणना स्थलमा राख्ने प्रतिनिधिबारे विवाद हुँदा आज (शनिबार)...
बागलुङ, वैशाख ३१ : बागलुङको ढोरपाटन नगरपालिकामा मतगणना स्थलमासत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।
मतगणना स्थलमा राख्ने प्रतिनिधिबारे विवाद हुँदा आज (शनिबार) झडप भएको हो।
झडपमा दुईजना घाइते भएका छन्। घाइते हुनेमा ढोरपाटन–९ का भीमबहादुर विक र ढोरपाटन–१ का ४० वर्षीय खिमबहादुर विक रहेका छन्।
भीमबहादुरको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
अर्का घाइते खिमबहादुरको बुर्तिबाङमा उपचार भइरहेको छ। उनीहरू दुवै एमाले कार्यकर्ता भएको जनाइएको छ।
निर्वाचन सम्पन्न भएपछि शुक्रबार राति १२ बजेपछि बसेको सर्वदलीय बैठकमा दलका प्रतिनिधि मात्र उपस्थित हुन आग्रह गरेको भए पनि दुवै पक्षका सयौंको संख्यामा नेताकार्यकर्ता उपस्थित हुँदा झडपको अवस्था आएको प्रहरीको भनाइ छ।











