Kathmandu Press

महिलालाई झम्टने अपराधीलाई क्षमा दिइन्न:  मन्त्री बाँस्कोटा

धुलिखेल, कात्तिक ६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टीकरण अक्ष्यम्य हुने बताएका छन्।&nbs....

महिलालाई झम्टने अपराधीलाई क्षमा दिइन्न:  मन्त्री बाँस्कोटा
फाइल

धुलिखेल, कात्तिक ६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टीकरण अक्ष्यम्य हुने बताएका छन्। 

बुधबार बनेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,'मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुर्व्यवहार गर्ने, गाउँले र महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न, कुनै कसरत बाँकी नराखी कानूनी कठघरामा उभ्याइन्छ, सजाय दिलाइन्छ।'

उनले विधिको शासनमा जो–कोहीले पनि उन्मुक्ति नपाउने बताए। मन्त्री बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरणबारे मिडियाले पनि विशेष ध्यान दिनुपर्ने बताए। उनले भने,'सामाजिक क्षेत्रले पनि यसविरुद्ध आवाज उठाउनुपर्छ, सबै मिलेर अपराधीकरण र भ्रष्टिकरण न्यूनीकरण गर्दै जाने हो।'

सरकार भ्रष्टाचारविरुद्ध निर्मम तवरले लागिरहेको उनको भनाइ थियो। मन्त्री बाँस्कोटाले चुनावको वाचाअनुसार जनप्रतिनिधि अगाडि बढिरहेको बताए। 'कहीँकतै जनप्रतिनिधि चुकेको भए खबरदारी गर्नुस्,'उनले भने,'तपाईँहरु साथ दिनुहोस्, जनप्रतिनिधि के–के काम गर्दैछन् अनुगमन गर्न पनि आग्रह गर्छु।'

उनले चुनाव जित्नु मात्रै ठूलो विषय नभएको उल्लेख गर्दै ‘चुनावदेखि चुनावसम्मको राजनीति’ राजनीति नभएको तर्क गरे। मन्त्री बाँस्कोटाले सकारात्मक परिवर्तनका लागि जनताको साथको आवश्यकता औँल्याएका थिए। रासस
 

प्रकाशित मिति: १५:५० बजे, बुधबार, कात्तिक ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्