Kathmandu Press

भरतपुरमा १०० मत गन्दा रेणु पछाडि, ४ मतले सुवेदीको अग्रता 

एमालेका सुवेदीले  ४१ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार समेत रहेकी दाहालले ३७ मत पाएकी छन्। 
भरतपुरमा १०० मत गन्दा रेणु पछाडि, ४ मतले सुवेदीको अग्रता 

काठमाडौं, वैशाख ३१ : चितवनको भरतपुर महानगरपालिका प्रमुखका लागि एमालेका विजय सुवेदी र माओवादी केन्द्रकी रेणु दाहालबीच प्रारम्भिक चरणमै कडा प्रतिस्पर्धा देखिएको छ। 

शनिबार दिउँसोसम्म १०१ मत गनेर सकिँदा झिनो मतान्तरले रेणु पछाडि परेकी छन् । एमालेका सुवेदीले  ४१ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार समेत रहेकी दाहालले ३७ मत पाएकी छन्। 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ मत ल्याएका छन् । मतगणना जारी छ। 

 

प्रकाशित मिति: १४:५३ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्