Kathmandu Press

स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो

काठमाडाैं, वैशाख ३१ : यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ। निर्वाचन आयोगले शुक्रबार राति १० बजेसम्म...
स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो

काठमाडाैं, वैशाख ३१ : यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ। 

निर्वाचन आयोगले शुक्रबार राति १० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा मतदानस्थलसहित केन्द्रको सङ्ख्या थप भएको हो।

हालसम्म विभिन्न स्थानमा गरी ७९ मतदान केन्द्रमा स्थगन भएको आयोगले जनाएको हो। आयोगका अनुसार विवाद र झडपका कारण स्थगन भएकामा कतिपय मतदान केन्द्रमा जति मत खसिसकेको छ, त्यसैलाई आधार मानेर गणना गर्ने कि भन्ने विषयमा छलफल भइरहेकाले स्थगनको कुल सङ्ख्यामा केही थपघट हुन पनि सक्नेछ।

मतदान भएका अधिकांश पालिकामा मतगणना सुरु भइसकेको छ।

प्रकाशित मिति: १४:३४ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्