मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ विजयी
काठमाडौं, वैशाख ३१ : मनाङको नासों गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ ८ सय २० मत ल्याएर विजयी भएका छन्।उनले एमालेका मनबहादुर गुरुङले...
काठमाडौं, वैशाख ३१ : मनाङको नासों गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ ८ सय २० मत ल्याएर विजयी भएका छन्।
उनले एमालेका मनबहादुर गुरुङले भन्दा १७२ मत बढी ल्याए। मनबहादुर गुरुङले ६ सय ४८ मत ल्याए।
गाउँपालिका उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङ ९ सय १३ मत ल्याएर निर्वाचित भए।
उनले एमालेको समर्थन प्राप्त स्वतन्त्र उम्मेदवार अर्विन गुरुङललाई पराजित गरेका हुन्।
प्रकाशित मिति: १४:११ बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











