Kathmandu Press

चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते

काठमाडाैं, कात्तिक ६ :  चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन्। 
&nbs....

चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते

काठमाडाैं, कात्तिक ६ :  चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन्। 
 
बुधबार बिहान घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। दुवै जनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले राससलाई जानकारी दिए।  

घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। एक जनाको आकस्मिक र एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ। 

प्रकाशित मिति: १५:४२ बजे, बुधबार, कात्तिक ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्