काठमाडौं महानगरमा बालेन र सिर्जनाबीच कडा टक्कर, स्थापित तेस्रो नम्बरमा
तीन सय मत गन्दा पनि बालेनले ७२ मत ल्याउँदै अग्रता लिएका छन् भने ७० मतसहित सिंह दोस्रो स्थानमा छन्। स्थापित ५९ मतसहित तेस्रो स्थानमा छन् ।
काठमाडौं, वैशाख ३१ : काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहबीच कडा टक्कर देखिएको छ।
मतगणनाको सुरुवाती चरणबाटै बालेन र सिंह केही मतान्तरले मात्रै अघिपछि रहेका छन् । महानगरका १०० मत गन्दा बालेन २२ मत सहित शीर्षस्थानमा थिए । उनीभन्दा ४ मतले सिर्जना सिंह पछाडि देखिएकी थिइन् भने केशव स्थापित १३ मतसहित तेस्रो स्थानमा छन्।
तीन सय मत गन्दा पनि बालेनले ७२ मत ल्याउँदै अग्रता लिएका छन् भने ७० मतसहित सिंह दोस्रो स्थानमा छन्। दुबै उम्मेदवारले एमाले उम्मदवार केशव स्थापितसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन् । तीनसय मत गन्दा स्थापित ५९ मतसहित तेस्रो स्थानमा छन् ।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छन्।
प्रकाशित मिति: १३:३४ बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











