Kathmandu Press

तनहुँको म्याग्दे र घिरिङमा एमालेको अग्रता, बन्दीपुरमा माओवादी अगाडि 

 तनहुँ, वैशाख ३१ : स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा (माओवादी) केन्द्रले अग्रता लिएको छ। प्राप्त मतपरिणामअनुसार...
तनहुँको म्याग्दे र घिरिङमा एमालेको अग्रता, बन्दीपुरमा माओवादी अगाडि 

 तनहुँ, वैशाख ३१ : स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा (माओवादी) केन्द्रले अग्रता लिएको छ। 

प्राप्त मतपरिणामअनुसार जिल्लाको म्याग्दे र घिरिङ गाउँपालिकामा एमालेले अग्रता लिएको छ भने बन्दीपुर गाउँपालिकामा माओवादीले अग्रता लिएको छ। नौ सय मतगणना हुँदा म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले ४६८ र नेपाली कांग्रेसका मायादेवी रानाले ३४४ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा एमालेकै रत्ना घिमिरेले ३७४ र नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले ४१६ मत प्राप्त गरेका छन्। 

घिरिङ गाउँपालिकाको अध्यक्षमा एमालेका होमबहादुर थापाले ३०० मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका गङ्गा कुमाले १७५ मत प्राप्त गरेकी छन् । उपाध्यक्षमा एमालेकी राधा अधिकारीले ३१२ मत प्राप्त गरेकी छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका पूर्ण थापाले १३६ मत प्राप्त गरेका छन्। 

बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पूर्णसिं थापाले ३५०, एमालेका सुरेन्द्र थापाले २९८ र नेपाली कांग्रेसका धु्रवलाल प्रधानले २६१ मत प्राप्त गरेका छन्।

भिमाद नगरपालिकामा पनि मतगणना सुरु भए पनि मतपरिणाम सार्वजनिक भएको छैन । ऋषिङ गाउँपालिकामा बिहान १०ः३० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको थियो । शुक्लागण्डकी नगरपालिकामा पनि मतगणनाको तयारी थालिएको छ भने भानु नगरपालिकामा सर्वदलीय बैठक बस्दैछ।

प्रकाशित मिति: १२:५८ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्