काठमाडौं महानगरमा बालेनको अग्रता
शनिबार बिहान शुरु भएको मतगणनामा १०० मत गनसिक्दा बालेनले २२ मतसहित अग्रता लिएका हुन्।
काठमाडौं, वैशाख ३१ : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले सुरुवाती अग्रता लिएका छन्।
शनिबार बिहान शुरु भएको मतगणनामा १०० मत गनसिक्दा बालेनले २२ मतसहित अग्रता लिएका हुन्।
गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १८ मत पाएकी छन् भने एमालेका केशव स्थापितले १३ मत पाएका छन् ।
महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ । मतगणना जारी छ ।
प्रकाशित मिति: १२:४८ बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











