Kathmandu Press

भरतपुर महानगरपालिकामा मतगणना सुरु 

बिहान ११ बजेपछि मतगणना सुरु भएको बताइएको छ। 
भरतपुर महानगरपालिकामा मतगणना सुरु 

काठमाडौं, वैशाख ३१ : भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ। 

मतगणना सुरु गर्नुअघि सर्वदलीय बैठक राखिएको थियो । शनिबार बिहान सर्वदलीय बैठक बसेर मतगणनाका लागि सहमति जुटाइएको थियो । बिहान ११ बजेपछि मतगणना सुरु भएको बताइएको छ। 

यसपाली भरतपुरको मतदानस्थलको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । मतदान स्थलमा फलामको बार लगाइएको छ। 

भरतपुर महानगरको प्रमुखका लागि गठबन्धनबाट प्रचण्डपुत्री रेणु दाहाल र एमालेबाट विजयी सुवेदी प्रतिस्पर्धामा छन्। 

 

प्रकाशित मिति: १२:१७ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्