Kathmandu Press

रौतहटको गौरमा एकीकृत समाजवादीको अग्रता 

४ सय मत गनिसक्दा एकीकृत समाजवादीका शम्भु साहले २७२ मत पाएका छन्। 
रौतहटको गौरमा एकीकृत समाजवादीको अग्रता 

काठमाडौं, वैशाख ३१ : रौतहटको गौर नगरपालिकामा नेकपा  (एकीकृत समाजवादी)ले अग्रता लिएको छ। शनिबार बिहानबाट भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार ४ सय मत गनिसक्दा एकीकृत समाजवादीका शम्भु साहले २७२ मत पाएका छन्। 

उनका निकटतम प्रतिद्वन्दी  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेद्वार अजयकुमार गुप्ताले ६५ मत ल्याएका छन् । नेपाली कांग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन्।

उपमेयरमा पनि एकीकृत समाजवादीकै अग्रता छ । गौर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगर हो ।

प्रकाशित मिति: १२:०४ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्