Kathmandu Press

घोराही उपमहानगरपालिकाको मतगणना सुरु

घोराही उपमहानगरपालिकाको मतगणना सुरु

दाङ, वैशाख ३१ : घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। 

उक्त महानगरपालिकाको वडा नं १४ र १९ बाट मतगणना सुरु गरिएको हो । उपमहानगरमा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७दशमलव७६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

यसैबीच जिल्लाका दङ्गीशरण, बबई, शान्तिनगर, राजपुर, गढवा, राप्ती, बङ्गलाचुली र लमही नगरपालिकामा मतगणना जारी रहेको तर तुलसीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गतेदेखि गरिने भएको छ । 

उक्त उपमहानगरपालिकाको वडा नं १७ मा नेकपा ९एमाले०बाट वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लबरु चौधरीको निधन भएपछि सो वडामा जेठ ३ गते निर्वाचन सम्पन्न भएपछि बेलुकादेखि  मतगणना गरिने जनाइएको छ।  

प्रकाशित मिति: ११:५१ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्