Kathmandu Press

गोरखा नगरपालिका १ मा कांग्रेसका कुँवर विजयी

गोरखा नगरपालिका १ मा कांग्रेसका कुँवर विजयी

गोरखा, वैशाख ३१ : गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ। गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा  १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो। कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवर  ४९२ मत प्राप्त गरी  विजयी भएका हुन्। 
  
उनका निकतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गोविन्दप्रसाद भट्टराइले ३४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। मतगणनाको अन्तिम परिणाम घोषणा गर्न भने बाँकी  छ।
  
वडा नं १ मा कांग्रेस प्रमुख पदका उम्मेदवार राजनराज पन्तले ४८३ र उपप्रमुख मसलीमाया थोकरले ४९५ मत प्राप्त गरेका छन्। 

त्यस्तै माओवादीका प्रमुख पदका उम्मेदवार कृष्णराना मगरले ३८६ मत प्राप्त गरेका छन्। मतपरिणामअनुसार विजयी कांग्रेस महिला सदस्यका उम्मेदवारले ४६७, दलित सदस्यमा ४८०, पुरुष खुला सदस्यमा ५२३ र महिला खुला सदस्यका उम्मेदवारले ५१४ मत ल्याएर विजयी भएका हुन् । वडा नं १ मा कूल एक हजार २१२ मत खसेको थियो। 

प्रकाशित मिति: ११:२५ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्