राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी
दाङ, वैशाख ३१ : स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ। राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार...
दाङ, वैशाख ३१ : स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ। राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् । ७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरे । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए। राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए।
प्रकाशित मिति: ११:१९ बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











