Kathmandu Press

एमाले उम्मेदवारलाई २ मतले हराउँदै मुस्ताङमा कांग्रेसका लालचन विजयी 

काठमाडौं, वैशाख ३१ : मुस्ताङमा नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै कांग्रेसका उम्मेदवार गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन्। जिल्लाको घरपझोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन...
एमाले उम्मेदवारलाई २ मतले हराउँदै मुस्ताङमा कांग्रेसका लालचन विजयी 

काठमाडौं, वैशाख ३१ : मुस्ताङमा नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै कांग्रेसका उम्मेदवार गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन्। 

जिल्लाको घरपझोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन निर्वाचित भएका हुन्। उनले नेकपा एमालेका सञ्जयकुमार थकालीलाई २ मतले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन्। 

लालचनले ७६० मत ल्याउँदा थकालीले ७५८ मत ल्याए । गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकी जमुना थापा मगर विजयी भएकी छन्। उनले ६९३ मत ल्याउँदा एमालेकी मीमकुमारी शेरचनले ६१८ मत ल्याइन् । 

गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी जमुना थापा मगर विजयी भएकी छन्। उपाध्यक्षमा निर्वाचित मगरले ६९३ मत ल्याइन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेकी मीमकुमारी शेरचनले ६१८ मत पाइन्।

प्रकाशित मिति: ११:०४ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्