Kathmandu Press

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु हुँदै

पर्सा, वैशाख ३१ : स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका  वीरगञ्ज महानगरपालिकाको मतगणना केहीबेरपछि सुरु गरिने भएको छ। वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक...
वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु हुँदै

पर्सा, वैशाख ३१ : स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका  वीरगञ्ज महानगरपालिकाको मतगणना केहीबेरपछि सुरु गरिने भएको छ। वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय हुने मतगणनाको कार्यका लागि अहिले सर्वपक्षीय तथा सर्वदलीय छलफल जारी छ। 

छलफलपश्चात् मतगणनाको  अघि बढाइने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। मतगणनाको तयारीका लागि उक्त विद्यालयको ‘सी’ ब्लकमा  मतगणना कक्षमा  आवश्यक  फलामे तारजालीसहित सिसिटिभी जडान गरिएको हो। 

 जिल्लामा रहेका कूल  १४  पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा कूल तीन हजार २९७ जना चुनावी प्रतिष्पर्धामा रहेका छन् । १४ पालिका रहेको  जिल्लामा हाल एक लाख ४८ हजार २८३  महिला र एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रोलिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना  मतदाता रहेका थिए । 

जिल्लाको जिराभवानी  र ठोरी गाउँपालिकाको मतगणना सुरु भएको छ। अन्य पालिका मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत  पौडेलले जानकारी दिए।जिल्लामा मधेस प्रदेशको एकमात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन नगरपालिका र १०  गाउँपालिका रहेका छन् । अधिकांश पालिकामा सर्वपक्षीय छलफल भइरहेकाले त्यसपश्चात् मतगणनाको काम अघि बढाइने उनले बताए। 

मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरिएको छ । विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा लागि कूल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा हाल एक लाख ४८ हजार २८३  जना महिला र एक लाख ९१ हजार ५३७ पुरुष र १६  तेस्रोलिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता रहेका थिए।  

प्रकाशित मिति: १०:५४ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्